जाजरकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ घाइते

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतबाट जुनीचाँदे गाउँपालिकाको मैप गाउँ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०३४१ नम्बरको जिप वडा नम्बर ५ मा पर्ने गर्खाकोटको बेलपुईना भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

मृतकको पहिचान खुल्न सकेको छैन।दुर्घटनामा ९ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष निरौलाका अनुसार ५ जनाको अवस्था गम्भीर छ। चार जनाको अवस्था सामान्य छ।गम्भीर घाइतेलाई थप उपचारका लागि लैजान हेलिकप्टर पठाउने तयारी छ। यसैबीच गृहमन्त्री बालकृष्ण खाणले जिप दुर्घटनामा परेकाहरूलाई हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिनुभएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिनुभएको हो । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । जाजरकोटका प्रजिअ शाहीले नेपाली सेनाको सुर्खेत कार्यालयसँग समन्वय गरी उद्धारका लागि हेलिकप्टर पठाइने बताउनुभयो । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

जंगलमा हातखुट्टा बाँधि गाडी लुटेर तीन जना फरार

धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…

thumbnail

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ। कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र…

thumbnail

गायिका दिलमायाका परिवारले दिए सूर्यविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौँ । लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ। आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा…