डीएसपीले गुण्डा नाइके भेट्नु ‘गैरव्यवसायिक’ : छानविन प्रतिवेदन

काठमाडौँ । केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई डीएसपी मिलन केसीले भेटेकोबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वयम्भु वृत्तमा कार्यरत डीएसपी केसीले बस्नेतलाई भेटेको बाहिरिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले जेठ ३१ मा छानविन समिति गठन गरेको थियो ।

एसपी दिनेशराज मैनाली नेतृत्वको समितिले प्रतिवेदन बुझाएको काठमाडौंका एसएसपी सुदिप गिरीले बताउनुभयो । डीएसपी केसीको गतिविधि ‘गैर व्यवसायिक’ भएको छानविन समितिको ठहर छ । जेठ २९ मा उनले जिल्ला प्रहरी परिसर काठमाडौंलाई जानकारी नदिई आफुसँगै अर्का एकजनालाई लगेर केन्द्रीय कारागारमा भेटेका थिए ।

डीएसपी केसीले पदीय आचरण बमोजिम काम नगरेको ठहर गर्दै समितिले विभागीय कारवाही गर्न सिफारिस गरेको छ । छानविन प्रतिवेदनको आधारमा प्रक्रिया अघि बढाइने एसएसपी गिरीले जानकारी दिनुभयो । समिरमानसिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनलाई गोली हानेर हत्या गरेको आरोपमा थुनामा छन् ।

कारागारमा बसेर उनले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लाग्दै आएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाई नरेश थापालाई प्रयोग गरेर बस्नेतले आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लागेको थियो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

नगरपालिकाद्वारा विद्यालयलाई ल्यापटप वितरण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा आज (बिहीबार) नगरपालिकाअन्तर्गत विभिन्न वडामा सञ्चालनमा रहेका विद्यालयहरुलाई ल्यापटप वितरण भएको छ । नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगरपालिकालाई प्राप्त सशर्ततर्फको कार्यक्रमबाट विद्यालयलाई ल्यापटप…

thumbnail

सिङ्गामा महिलाहरुको पाठेघर खस्ने रोगको स्क्रिनिङ सम्बन्धी भिआइए परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ग्रामीण भेगका सर्वसाधारणहरु लाभान्वित म्याग्दी ।म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा हिँजो (बुधवार) बेनपा–४, सिङ्गामा निःशुल्क स्वास्थ्यसम्बन्धी शिविर सम्पन्न भएको छ । महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेशरी तथा भिआइए जाँचसम्बन्धी…

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…