तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्व रहेको बताउनुभएको छ ।

घटना, दुर्घटना र अपराध नियन्त्रण गरेर नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीका लागि योग अभ्यासको अधिक महत्व हुने गृहमन्त्रीको भनाइ छ । ‘योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्नु जरुरी छ’ गृहमन्त्री खाँणले भन्नुभयो– ‘योग एवम् आसन, प्राणायाम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो ।’

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मष्तिष्कलाई चुस्त, स्फुर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै आईजीपी सिंहले भन्नुभयो– ‘सकारात्मक सोचले रिस द्वेष, बदलाको भावनालाई समेत कम गर्छ र समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’ प्रहरी प्रधान कार्यालयको आयोजनामा पतञ्जली योग समितिले शिविर सञ्चालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शिविरमा सो समितिका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराएका थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक

कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…