ताप्लेजुङमा आठ घर पहिरोले बगायो

ताप्लेजुङ । ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ–गाउँमा जोखिम बढेको छ । निरन्तर वर्षा भएसँगै गएको पहिराले आठवटा घर बगाएको हो । गत बिहीबारयता जिल्लामा वर्षाका कारण बाढी–पहिरोले क्षति गर्न थालेको हो । जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका–६ मामाङ्खे गाउँमा दुई र वडा नं ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिराले बगाएको छ ।

३५ घरपरिवार विस्थापित हुन पुगेको समितिले जनाएको छ । विस्थापित परिवार अहिले सुरक्षित स्थानमा रहेको विद्यालयमा बस्दै आएको सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष चित्र माबोले जानकारी दिनुभयो । गत शुक्रबार सिरिजङ्गामा पहिरामा परी दुई जनाको मृत्यु भएको थियो । त्यस्तै मिक्वाखोला गाउँपालिकामा तीन घर पहिराले बगाएको विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

फक्ताङलुङ गाउँपालिका–२ खेजिनेम गाउँमा दुई घर पहिराले बगाएको छ । तीस घरपरिवार विस्थापित हुन पुगेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अुनसार जोखिमयुक्त बस्तीका घरपरिवालाई सुरक्षित स्थानमा बस्नका लागि आवश्यक सामग्रीसमेत गाउँपालिकाले उपलब्ध गराइसकेको छ ।

केही घरपरिवार विद्यालयको भवनमा समेत बस्दै आएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षाका कारण गाउँ–गाउँका बस्ती उच्च जोखिम छन् । सदरमुकामबाट गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमासमेत समस्या हुँदै आएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्बाट बच्नका लागि सुरक्षित स्थानमा बस्नसमेत प्रशासनले जिल्लावासीलाई अनुरोध गरेको छ । रासस

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…