तारा एयरको पोखरा–जोमसोम उडान एक साता बन्द हुने

काठमाडौँ । निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। ‘हामीले एक साताका लागि पोखरा–जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले भन्नुभयो,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’

यस्तै बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । उडान गन्तव्यहरूमा हुने मौसम राम्रै भए पनि इनरूटको मौसम दिने मौसम विभागले जानकारी दिन नसक्दा आजका सबै उडानहरू रद्द भएका हुन्।

यसैबीच जल तथा मौसम विज्ञान विभागले आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान (फोरकास्ट) गर्न नसक्ने बताएको छ। मौसम विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिरकणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट फोरकास्ट’ गर्न नसक्ने बताएको हो ।यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ। तर, आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको विभागले सूचनामा उल्लेख गरेको छ ।‘आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिन सकिने र दैनिक क्षेत्रगत मौसमी अवस्थाको ब्रिफिङ मात्र गर्न सकिने छ’, विभागको सूचनामा उल्लेख छ।

सरकारले १५ जेठमा भएको तारा एयरको विमान दुर्घटनापछि इनरूट सफा नभएसम्म उडान नगर्न निर्देशन जारी गरेको छ।तर, त्यस्तो सूचना कसले दिने भन्नेबारे अन्योल छ । सरकारको यस्तो निर्देशनपछि पहाडी र हिमाली क्षेत्रमा हुने उडान प्रभावित भएका छन्। आइतबार पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन एइटी ट्विनअटर जहाज दुर्घटना हुँदा चालक दलका ३ जनासहित २२ यात्रुको ज्यान गएको थियो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…