त्रिविको तालाबन्दी खोल्न माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला खोल्न माग गर्दै प्रदर्शन गरेको छ । कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयबाहिर अनेरास्ववियुका कार्यकर्ताले तालाबन्दी खोल्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको विद्यार्थी संगठनले त्रिभुवन विश्विद्यालयमा तालाबन्दी गरेको साढे ४ महिना भन्दा बढी समय भइसकेको छ । तर अहिलेसम्म तालाबन्दी नखुल्दा विश्वविद्यालयको काम प्रभावित भएको अनेरास्ववियुले जनाएको छ ।

विद्यार्थीहरुले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध पनि नाराबाजी गरेका छन् । उनीहरुले त्रिविको गुण्डागर्दी बन्द गर, विश्वविद्यालय शान्ति क्षेत्र कायम गर जस्ता नारा लगाएका थिए । अनेरास्ववियुले बुधबार एक विज्ञप्ति जारी गरी विश्वविद्यालयको ताला तीन दिनभित्र नखोले तोड्ने चेतावनी दिएको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : थापा

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना…

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…