थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

चितवन । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो ।

थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका लागि मनिषा कुमारी उपाध्याय र कृतिका मरासिनीले दुई–दुई विकेट लिइन् । त्यस्तै स्नेहा महराको नाममा एक विकेट हात पारिन् ।

नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ । यसअघि भएका तीन खेलमा नेपालले दुई खेलमा जित निकालेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्नेछ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…