दश महिनामा विदेशबाट ४५ करोडका बाख्रा आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ४५ करोड २९ लाख रुपैयाँ बराबरको बाख्रा आयात भएको छ । चालू वर्षको १० महिने अवधिमा विदेशबाट उक्त मूल्य बराबरको बाख्रा आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यस अवधिमा ५० हजार ५८७ वटा बाख्रा भित्रिएका छन् ।

विभागका अनुसार बाख्रा आयातकर्ताले ४५ करोड रुपैयाँ बराबरको बाख्रा आयात गर्दा ४ करोड ७ लाख ८४ हजार रुपैयाँ भन्सार बुझाएका छन् । नेपालमा भित्रिने सबै मूल्य बराबरका बाख्रा भारतबाट आउने गरेका छन् ।

यसैगरी, १० महिना अवधिमा विदेशबाट १३ लाख १२ हजार रुपैयाँ बराबरको भेडा भित्रिएका छन् । विभागका अनुसार चीनबाट उक्त मूल्य बराबरका २२० वटा भेडा नेपाल भित्रिएका हुन् । खासगरी, नेपालमा दशैंरतिहारको समयमा भेडारच्याङ्ग्रा आयात हुनेगर्छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…