दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् । थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाए ।

कम्पनीले २६ जेठदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ६५ हजार ८६५ कित्ता अर्थात ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरु, एक लाख ९ हजार ७७५ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…

thumbnail

११.८२ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…

thumbnail

२३.८५ अंकले घट्यो सेयर बजार

काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…