निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गर्नुभएको छ ।नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राख्नुभयो ।

‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता कहिले पनि चुनाव जित्न नसक्ने भए । जसको बलबुता छ । जसको पैसा छ । जो नेताको वरिपरि घुम्छ, उसले टिकट पाउने जित्ने दिन भोलिका दिनमा नआओस् ।’

यो निर्वाचन प्रणालीबाट अन्य दल पनि वाक्क दिक्क भइसकेको प्रचण्डको भनाइ थियो । उहाँको भनाइ छ, ‘यो निर्वाचन प्रणालीले वाक्क दिक्क भएको महसुस अरु दलले पनि गरेका छन् । हामीले पनि गरेका छौं ।’कार्यक्रममा प्रचण्डले माओवादी पहिलेको भन्दा ठूलो शक्ति बन्ने हिसाबले चुनावको तयारी गरिरहेको बताउनुभएको थियो ।

अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने

कार्यक्रममा माओवादी केन्द्रका पालिका कमिटीका अध्यक्षले स्थानीय तहको चुनावमा व्यापक अन्तर्घात बर्दियमा नराम्रो पराजय व्यहोर्नुपरेको रिपोर्टिङ प्रचण्डसमक्ष गर्नुभएको थियो । उनीहरुको रिपोर्टिङ सुनेपछि प्रचण्डले केन्द्रीय तहकै नेताहरुका कारण गुट उपगुट केन्द्रीय नेताहरुकै कारण बनेको सुनाएका थिए । ‘गुट उपगुट तपाईंहरु भन्दा पनि केन्द्रीय तहकै नेताहरुबाट तल आएको हो । म माथि नै कन्ट्रोल गर्छु,’ उहाँको भनाइ थियो ।

आगामी असार १५ मा बस्ने केन्द्रीय समिति बैठकबाट अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने निर्णय हुने प्रचण्डले आश्वासन दिनुभयो । ‘अबको केन्द्रीय समितिको बैठकबाट कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ’, उहाँले भन्नुभएको थियो, ‘माफ नै नदिने खालको रहेछ भने कारवाही पनि गरिने छ । यो कुरा नेताहरुले पनि बुझिराख्दा हुन्छ ।’प्रचण्डले अगाडि भन्नुभयो, ‘तपाईंहरुले आरोप लगाए जस्तै हुबहु कारवाही गर्ने कुरा पनि हुँदैन । यसको विशेष अनुसन्धान पनि गरिन्छ । दोषी देखिए कारवाही हुन्छ ।’अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…

thumbnail

काठमाडौँमा सोधेर प्लेन चढ्न एयरपोर्ट जानुपर्ने अवस्थाको अन्त्य भएको छ : मन्त्री आले

कैलाली । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एयरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताउनुभएको छ । कैलालीको धनगढीमा रहेको…