नेपालका बलर चम्किँदा १४ रनमा समेटियो बहराइन

काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो ।

खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् ।

सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।समूह ‘बी’ मा रहेको नेपाल २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ ।नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले…

thumbnail

नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१…

thumbnail

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो…