नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपमा युएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा शुक्रबार भइरहेको खेलमा यूएईले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रन बनायो ।

नेपालकी अस्मिना कर्मचार्यले ३.५ ओभर बलिङ गर्दै १० रन दिएर ५ विकेट लिएकी छन् । यस्तै इन्दु वर्माले ४ ओभरमा १६ रन दिँदै ३ विकेट झारिन् भने सीता राना मगरले ४ ओभरमा १९ रन दिँदै २ विकेट लिइन् ।यूएईकी वैस्नव महेसले ११ बलमा १६ रन बनाइन् भने इसा ओझाले २१ बलमा १५ रन बनाइन् ।

वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको थियो । ग्रुप बीमा रहेको नेपालले ३ खेलमा जित र एक खेलमा हार व्यहोर्दै ६ अंकका साथ शीर्ष दुईमा रहेर सेमिफाइनलमा पुगेको हो । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

वर्षा बाधक बन्दा नेपाल सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । युएईविरुद्ध सेमिफाइनलमा उत्कृष्ट बलिङ गरेपनि वर्षा बाधक बन्दा खेल रद्द भयो र युएई फाइनल पुगेको छ । मलेसियामा टस जितेर पहिले…

thumbnail

फिफा वरीयतामा नेपाल आठ स्थान तल झर्यो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो…

thumbnail

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक…