नेपालले कुवेतलाई हरायो

काठमाडौं । नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी ओपनर प्रियादा मुरलीले ४० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक सर्वाधिक ३१ रन बनाइन् । कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १६ बलमा १४ रन बनाइन् ।

नेपालकी सीता रानामगरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । अश्मिना कर्माचार्य, संगिता राई र इन्दु बर्माले १÷१ विकेट लिए ।त्यसअघि किनरारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासले २७ बलमा ४ चौकासहित ३४ रनमा अविजित रहिन् । उपकप्तान इन्दु बर्मा ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहिन् ।

पाँचौं विकेटका लागि इन्दु र रुविनाले ६० रनको अविजित साझेदारी गरेका थिए । जुन नेपाली महिला टि२० आई क्रिकेटमा पाँचौं विकेटका लागि भएको उच्च साझेदारी हो ।यसअघि पाँचौं विकेटका लागि महिला टि२० आईमा २०१९ मा अप्सरी बेगम र सरिता मगर तथा यसै प्रतियोगितामा भुटानविरुद्ध रुविना काजोल श्रेष्ठले समान ३२ रनको साझेदारी गरेका थिए । ओपनर विन्दु रावल १६ बलमा २ चौकासहित ११ रनमा क्याच आउट भइन् । उनी आउट हुँदा नेपालले ४।५ ओभरमा १९ रन बनाएको थियो ।

अर्की ओपनर ज्योति पाण्डे २४ बलमा १ चौकासहित १५ रनमा क्याच भइन् । विकेटकिपर काजोल श्रेष्ठ र सीता रानामगर ५९५ रनमा आउट भए । कुवेतकी मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिइन् । मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । खदिजा खालिलले एक विकेट लिइन् ।नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो । यस प्रतियोगिता फाइनलमा पुग्ने दुई टोलीले एसिया कप खेल्न पाउनेछन् । समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् ।

फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।
असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन

असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ

असार १० (जुन २४) – सेमिफाइनल

असार ११ (जुन २५ ) – फाइनल

 

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…