नेपाल अमेरिकी सेनाको अखडा बन्छ : रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले राज्य साझेदारी कार्यक्रम स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौमा भएको पूर्व सुरक्षाकर्मी सुरक्षा परिषदको पत्रकार सम्मेलनमा बोल्दै पूर्व रक्षामन्त्री समेत रहेका रावलले भन्नुभयो, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ ।

नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’ नेता रावलले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा हुने भन्दै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना अघि नबढ्ने भनेको सुनेको भन्दै दुई चारजना मानिस जम्मा भएर राष्ट्रिय सहमति भयो भनेर राष्ट्रघाती काम गर्ने छुट समेत कसैलाई नभएको बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई नेपालले अवलम्बन गर्दै आएको स्वाधीन, स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छु भनेर सार्वजनिक रुपमा भनेपछि मात्रै पत्याइने बताउनुभयो । एसपीपीबारे अहिले कुप्रचार गरेर देशभक्त नेपालीहरुको आवाज दबाउन खोजिएको पनि रावलको भनाइ छ । उहाँले आफु रक्षामन्त्री भएका बेला एसपीपीबारे कुनै सहमति सम्झौताको प्रक्रिया अघि नबढेको दावी समेत गर्नुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…