पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताउनुभएको छ । उहाँले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गर्नुभयो ।

भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन प्रवर्द्धनबारे थप प्रचार प्रसार हुने खालका गतिविधिलाई समेत समावेश गर्न सुझाव दिनुभयो ।

‘मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरू निरन्तर भइरहनु आवश्यक हुन्छ, यसले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्न सहयोग पुर्‍याएको छ,’ उहाँले भन्नुभयो, ‘एक्स्पोहरूमा स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी तिनको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक छ ।’ उहाँले चेम्बर अफ कमर्सले नेपालको समग्र आर्थिक विकासमा थप योगदान पुर्‍याउने किसिमका गतिविधि गर्ने विश्वास व्यक्त गर्नुभयो । बिहीबारदेखि सुरू भएको एक्स्पो आगामी सोमबारसम्म चल्नेछ । ekantipurबाट

सम्बन्धित समाचार

thumbnail

चन्द्रगिरीको जंगल हराएका तीन विदेशी नागरिकको उद्दार

काठमाडौँ । राजधानीका चन्द्रागिरीको जंगलबाट तीन जना विदेशी नागरिकको उद्दार भएको छ । घुम्नका लागि पुगेका विदेशी नागरिकहरु बाटो भुलेर जंगलमा फसेका थिए । थानकोटबाट करिब ७ किलोमिटर माथि जङ्गलस्थित थानकोट–चित्लाङ सडकखण्डको…

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…