पार्टी निर्णय नमान्ने चेतावनी दिएको छैन : मन्त्री श्रेष्ठ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘पार्टी निर्णय र नेतृत्वलाई चूनौति दिएको’ भनेर चलाइएको भ्रामक प्रचार अभियान प्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । उहाँले आफूले पार्टीको निर्णय नमान्ने चेतावनी नदिएको पनि प्रष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘विशेषतः मलाई मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेतृत्वप्रति म सदा आभारी छु । मुलुक र पार्टी जीवनमा फरक राजनीतिक अभ्यासको विकास भइरहेको सन्दर्भमा विधि र पद्धतिको पक्षधर कार्यकर्ताको रुपमा म क्रियाशील र प्रतिवद्ध छु । पार्टी निर्णय नमान्ने चेतावनी दिएको भन्नेजस्ता झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै यस्तो भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…