पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै बुटवलमा प्रदर्शन

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् ।

प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाउनुभयो । मूल्य वृद्धि तत्काल फिर्ता नभए जिल्लाव्यापी आन्दोलन चर्काउने पोखरेलले चेतावनी दिनुभयो ।

नेपाल आयल निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको थियो । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरी १९९ रुपैयाँ पुगेको छ । यसैगरी डिजेल र मट्टितेलमा २७ रुपैयाँले वृद्धि हुँदा १९२ रुपैयाँ पुगेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक

कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…

thumbnail

गठबन्धनको उद्देश्य सत्ता स्वार्थ मात्र : ज्ञवाली

चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताउनुभएको छ । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर…