प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भयो : सभापति खरेल

काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर आज बिहान अन्तिम समयमा प्रधानमन्त्रीले आफू आउन नभ्याउने जानकारी गराउनुभएको थियो ।

समिति सभापति खरेलले बिहान ८ बजे मात्रै प्रधानमन्त्री उपस्थित हुन नभ्याउने भनी जानकारी दिइएको भन्दै प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताउनुभयो । ‘यो अपमान नै गरेको भन्ने मलाई लाग्छ,’ उहाँले भन्नुभयो । समितिमा नेपाली कांग्रेसका सांसदहरुले भने प्रधानमन्त्रीको अनुपस्थितिलाई अपमान गरेको भन्न नमिल्ने भन्दै बचाउ गरेका छन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…