प्रधानमन्त्रीले समय मागेर मन्त्री हेरफेर रोकिएको हो : नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउनुभएको छ । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनुभएको हो ।

‘त्यो नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु’ उहाँले भन्नुभयो । नेता नेपालले अघि भन्नुभयो, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । पार्टीले निर्णय गर्ने र प्रधानमन्त्रीले नमान्ने कुरा परिकल्पनाभन्दा बाहिरको कुरा हो ।’

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषदमा हुनुहुन्छ । उहाँहरुलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई

स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने अगाडि बढिरहने बताउनुभयो । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका निम्ति उम्मेदवारको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा गठबन्धनमा छलफल हुने उहाँले बताउनुभयो । ‘गठबन्धनका सबै घटक छलफल अघि बढाउनुपर्नेमा तयार छन्’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…