प्रधानमन्त्री देउवालाई नेविसंघको प्रश्न: तपाईं पढेको त्रिचन्द्र कलेज कहिले बन्छ ?

काठमाडौँ । नेविसंघले काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको छ । त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकोले पुनर्निर्माण गरिनुपर्ने नेविसंघको माग छ।

नेविसंघले आज कलेज परिसरका सडकमा ‘प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्नेरुु जस्ता प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।उनीहरूले त्रिचन्द्र क्याम्पस परिसरमै रहेको घन्टाघर पनि संरक्षण गर्न माग गरेका छन्।

नेविसंघले त्रिचन्द्र कलेज पुनर्निर्माण सरकारको प्राथमिकतामा नपरेको पनि बताएको छ।‘इतिहास ढल्दैछ, सरकार मौन छ,’ उनीहरूले खबरदारी गर्दै भनेका छन्। शिक्षा मन्त्रालयले पनि त्रिचन्द्र कलेज पुनर्निर्माणमा चासो नदेखाएको उनीहरूको भनाइ छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…