प्रमुख प्रतिपक्षीको प्रश्न– ‘सरकार बजार अनुगमन खोइ ?’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारमाथि बजार अनुगमनको विषयमा प्रश्न गरेको छ । उपभोग्य वस्तु खाद्यान्न दाल, चामल, तेल पेट्रोलियम पदार्थको मूल्य आकासिएर उपभोक्ताको ढाँड सेक्दा समेत सरकार मौन रहेको प्रतिपक्षी दल एमालेले आरोप लगाएको छ ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले के हेरिरहेको छ  ? भनेर प्रश्न गर्नुभयो । ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बजारमा यावत् उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मूल्य वृद्धिकै कारण आम सर्वसाधारणले दैनिक जीवन चलाउन समेत नसक्ने अवस्थामा पुगिसकेका छन् ।

यसले सर्वसाधारणले राज्य भएको कसरी महशुस गर्ने ? ’ प्रतिप्रश्न गर्दै भट्टराईले भन्नुभयो, ‘छिमेकी मुलुकमा कर समायोजन गरे भने पनि महँगीलाई घटाइएको छ, उपभोक्तालाई राहत दिएको छ । तर हामी किन सकिरहेका छैनौं । उल्टो सातामा नै दुई–दुई पटक पेट्रोलियम पदार्थ मूल्य गरेर १८० रुपैयाँ पुर्याउने ?’ तीव्र मूल्य वृद्धिलाई नै मौका छोपेर बजारमा कालो बजारी समेत बढेको बताउँदै प्रमुख सचेतक भट्टराईले भने, ‘सरकार बजार अनुगमन खोइ ?’रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…