प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा जुगल गाउँपालिकाको तत्कालिन इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सव–इन्जिनियर रुपक घिमिरे, लेखापाल सतेन्द यादव, बलेफी लेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामा रहेका छन् । उनीहरुविरुद्ध दायर गरिएको मुद्दामा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ बिगो दाबी गरिएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

पञ्चदेवल विनायककी मेयर चलाउने प्रहरी नियन्त्रणमा

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय विनोद शाहीको मृत्यु प्रकरणका आरोपित नवनिर्वाचित मेयर अम्बिका चलाउनेलाई प्रहरीले नियन्त्रणमा राखेको छ । अछाम जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नारायण डाँगीका अनुसार…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…