
एआईजी विश्वराज पोखरेल जेठ २५ देखि ‘गैर हाजिर’
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको छ ।
प्रशासनिक भवनका निम्ति जग्गा खोजी गर्न प्रदेश सरकारले केही दिनअघि गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।
समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले जचुकालीमै भवन निर्माण गर्ने सन्दर्भमा आफूहरुले प्रतिवेदन तयार गरिसकेको बताउनुभयो । ‘समितिका सदस्य केही मन्त्री बाहिर छन्’, उहाँले भन्नुभयो, ‘आएपछि सबैको हस्ताक्षर गरेर प्रतिवेदन सरकारलाई बुझाइनेछ ।’
अहिले पनि प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालय, मन्त्रीहरुको निवास, मुख्य न्यायाधिबक्ताको कार्यालय जचुकाली प्राङणमै संचालन हुँदै आएको छ । जचुकाली प्रांगाणलाई मधेश सरकारले मधेश भवन भनेर नामाकरण गरिसकेको छ ।
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्रै जनकपुरधामको मुरली चोकमा रहेको छ भने प्रदेश सभा सचिवालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन हुँदै आएको छ । संघीय सरकारले जचुकाली पुनः सञ्चालन गर्ने बताइरहँदा मधेश सरकारको प्रशासनिक भवन निर्माण यहीँ गर्नुपर्ने समितिले निर्णय गरेको छ । अनलाइनखबरबाट
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उहाँले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गर्नुभयो । जेठ २५ बाट गैर हाजिर…
ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौँमा आयोजित धानमा आत्मनिर्भर नीति…