बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले रोके

काठमाडौँ । काठमाडौंबाट फोहोर बोकेर पुगेका ट्रकलाई बन्चरेडाँडाका स्थानीयले रोकेका छन् । काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो।

उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको काठमाडौं महानगरपालिकाकी वातावरणीय विभाग प्रमुख सरिता राईले बताउनुभयो। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।तर बिहानै त्यहाँ पुगेका गाडीहरूबाट स्थानीयले फोहोर विसर्जन गर्न दिएनन्।‘यहाँ पहिले पनि स्थानीयले फोहोर रोक्दै आएका थिए, आज पनि हामीसँग सहमति भएको छैन भन्दै अवरोध गरेका छन्,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…