बर्दियामा नविना थारूको मृत्यु प्रकरणमा छानबिन गर्न गृहले बनायो समिति

काठमाडौँ । बर्दियामा स्थानीय र प्रहरीबीच झडप हुँदा एक युवतीको मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मधुवन नगरपालिका-२ मा सोमबार नविना थारूको मृत्यु भएको घटनाबारे छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन्। समितिलाई काम सुरू गरेको मितिले ७ दिनभित्र घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) बेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन् । गृह मन्त्री खाणले छानबिन समिति बनेकोबारे संसदमा पनि जानकारी गराएका छन्। सेतोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…