बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं । मलेसियामा जारी एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ । यो जितसँगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुँवर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३।४ ओभरमा २ विकेट पूरा गरेको हो ।

वर्षाका कारण सात ओभरमा घटाइएको खेलमा बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ रन बनाएको थियो । १५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए भने नेपालले अतिरिक्त ८ रन पायो । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले समान एकरएक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १४ रनमा अलआउट भएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् भने सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् । यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

एनआरटीले मलेसियामा टीवाईटी कप खेल्ने

काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका…

thumbnail

सन्दीपको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा

काठमाडौँ । क्यानडाबिरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ…