बाघबाट सुरक्षा माग गर्ने स्थानीयमाथि प्रहरीले चलायो गोली, एक किशोरीको मृत्यु

काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरीका अनुसार सोमबार बिहान ८ बजेतिर खेतमा खनजोत गर्दै गर्दा स्थानीयलाई बाघले आक्रमण गरेको थियो । त्यसपछि स्थानीय होहल्ला गरेर बाघलाई धपाउन सफल भए । घाइतेलाई उपचारका लागि नेपालगञ्ज पठाइयो ।

मधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ ।’ अनलाइनखबरबाट

 

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…