भद्रपुर उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौँ । झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो ।

फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…