भारतको उत्तराखण्डमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा तिर्थयात्री सवार बस दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार यूके–०४–१५४१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनामा २६ जनाको मृत्यु भएको पुष्टी गरेका छन्।चारधाम यात्रामा सहभागी भएका उनीहरू सवार बस ४०० फिट गहिरो खाडलमा खसेको थियो।दुर्घटना लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान आइतबार रातिनै देहरादून पुग्नुभएको थियो । उहाँले घटनाका बारेमा जानकारी लिनुका साथै उद्धार कार्यबारे छलफल गर्नुभएको थियो ।

पुरालाका एसएचओ अशोक कुमारका अनुसार हरिद्वारबाट आउँदै गरेको बस गहिरो खाडल र अन्धकारमा फसेकाले उद्धारमा केही समस्या आएको बताएका थिए।उत्तराखण्डको दुर्घटनापछि एम्बुलेन्ससँगै मेडिकल टोली पनि घटनास्थलमा पुगेको थियो। घाइतेहरुलाई थप उपचारका लागि देहरादून पठाइएको छ।

उत्तराखण्डमा भएको दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताउनुभएको छ । यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामीले पनि मृतकका परिवारलाई १ लाख र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग गर्ने बताउनुभएको छ । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…

thumbnail

राजधानी टोकियो आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ । गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह…