भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थाल्यो

एजेन्सी । भारतमा कोरोना संक्रमण फेरि तिब्र रूपमा फैलन थालेको छ। पछिल्लो २४ घण्टाभित्र भारतमा ७ हजार ५ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको हो । भारतको सबैभन्दा धेरै महाराष्ट्र र केरलामा संक्रमित फेला परेका छन्।

महाराष्ट्रमा २८१३ संक्रमित फेला परेका छन् भने केरलामा २४१५ जना नयाँ संक्रमित फेला परेका छन्।यस्तै राजधानी नयाँ दिल्लीमा ६२२ जना नयाँ संक्रमित फेला परेका छन्। यसअघि शनिबार राजधानी नयाँ दिल्लीमा ४ सय ५ नयाँ संक्रमित भेटिएका थिए।

लामो समयपछि फेरि भारतमा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन्। जनवरीमा सुरू भएको तेस्रो लहरपछि दैनिक संक्रमण ७ हजार नाघ्न थालेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार ९९ दिनमा पहिलो पटक बुधबार ७ हजारमाथि संक्रमित फेला परेका हुन्।

भारतमा बुधबार ७१४४ जना संक्रमित फेला परेका थिए। मंगलबार ६ हजार २८ संक्रमित फेला पर्दा सोमबार ३ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ। यस्तै ३६९३ जना निको भएका छन्।सरकारी तथ्यांकअनुसार हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ७३ छ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक…

thumbnail

भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम…