भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ ।

तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताउनुभयो । उहाँले दातृ निकाय र छिमेकी देशहरुले सहयोग गरिरहेको भन्दै उहाँले थप सहयोगका लागि अपिल गर्नुभयो ।

बुधबार बिहानै गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १००० नाघेको छ भने १५०० बढी घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्तिकामा ठाउँ ठाउँमा पहिरो गएको छ । उद्धारकर्ताले दोश्रो दिन पनि भत्किएका घरहरुमा खोजी तथा उद्धारको काम गरिरहेका छन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…