मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ । उहाँको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए । सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए । सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

दरपिठ बदरपछि अब मुद्दा सर्वोच्चमा अगाडि बढ्ने भएको छ। ‘सर्वोच्च प्रशासनले राजनीति गरेर सरकारी दवावमा हाम्रो निवेदन दरपीठ गरिदिएको थियो,’ निवेदक अधिवक्ता पौडेलले भन्नुभयो,‘हामीले हिजो(बुधबार) इजलासमा हाम्रा कुरा राख्यौं। प्रतिनिधिसभामा यो विषय हेर्न संसद् आचारण अनुगमन समिति नै गठन नभएको अवस्था रहेको कुरा पनि राख्यौं।’ सो कुरा राखेपछि इजलासले मुद्दालाई अगाडि बढाउने बाटो खोलिदिएको उहाँले बताउनुभयो।

‘हामीले पहिलो कुरा त्यो अडिओ सत्य होकी होइन भनेर स्वतन्त्र ल्याब परीक्षणको माग गरेका छौं। दोस्रो सामाजिक परीक्षण होस् भन्ने छ,’ उहाँले भन्नुभयो, ‘यदि साँच्चिकै मन्त्रीकै हो भने अयोग्य व्यक्ति मन्त्री पदमा बस्न हुन्न भनेर बर्खास्तीको माग गरेका छौं।’प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशासनमा सो रिट दर्ता गराउनुभएको थियो । रिटमा संविधानको धारा १३३ को उपधारा (२) अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ । nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

ओमसतिया गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका–४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत…

thumbnail

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी निवासी ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला…