महंगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न

जनसंगठनहरुलाई निर्देशन दिएको हो । ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले भन्नुभयो, ‘अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुन्छ ।’ अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…