माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन कर्णाली प्रदेशका पालिकामा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्षरउपाध्यक्ष तथा प्रमुखरउपप्रमुखहरु आज पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारस्थित निवासमा जानुभएको थियो।

भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले कर्णालीमा स्थानीय चुनावको परिणाम माओवादीले अपेक्षा गरे अनुसारको नभएको भन्दै आगामी दिनमा पहिलो पार्टी बनाउन आजैदेखि योजनावद्ध रुपमा लाग्न निर्देशन दिएको माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिनुभयो। कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले आजै माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

मन्त्रीमा पालो पुर्‍याउने पद्धति बेठीक : दिनानाथ शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले नेकपा मन्त्री हेरफेर गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक

कास्की । पोखरास्थित फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मानबहादुर जि.सी. मेयर भएको बेला महानगरपालिकाको कार्यपालिका बैठकले मापदण्ड घटाउने निर्णय गरेको थियो । महानगरपालिकाले…