माओवादी केन्द्रीय समिति बैठक भर्चुअल रुपमा बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताउनुभयो । शुक्रबार बेलुका ६ बजे एजेण्डासहित आ–आफ्नो ठाउँमा भर्चुअल बैठक बस्ने भएको हो ।

बैठकमा कुन–कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताउनुभयो । तर नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको विषयमा छलफल हुने बताउनुभएको छ । बुधबार बिहीबार नवनिर्वाचित स्थानीय तह प्रमुख/उपप्रमुखको अभिमुखीकरण कार्यक्रमले समेत केन्द्रीय समिति बैठकलाई सहयोग पुग्ने देखिएको छ । त्यहाँ धेरै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तितो मिठो अनुभव समेत सुनाएका छन्।

शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो,मधेस प्रदेशको पूर्ण र जनवर्गीय संगठनलाई समेत पूर्णता दिने विषयमा गृहकार्य हुने बताएको छ । पार्टी कमिटी र जनवर्गीय संगठनले पूर्णता पाएमा आगामी असार १५ गते भौतिक रुपमा उपस्थित भई केन्द्रीय समिति बैठक बस्ने भएको छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

बेनीमा असार २० र २१ गते विद्यालयस्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता हुने

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति…

thumbnail

म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापकलाई अनुसन्धानलेखन विषयक तालिम

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको व्यवस्थापनमा अनुसन्धान लेखनसम्बन्धी विषयक तालिम सञ्चालन गरिएको थियो । साताव्यापी…

thumbnail

७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट

काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…