माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो ।

‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भन्नुभयो, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’

आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्यक्रम छ । आज बस्ने भनिएको बैठकमा स्थानीय तहको समीक्षा, एमसीसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने भनिएको थियो । स्थानीय चुनावपछिको पहिलो बैठक बोलाए पनि अन्तिममा स्थगित भएको छ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…