माओवादी केन्द्रीय समिति बैठक दोस्रोपटक सर्‍यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुन सरेको छ । आगामी असार १५ गते बस्ने भनिएको बैठक असार १९ गते सारिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताउनुभयो । यसअघि जेठ २० गते बस्ने भनिएको बैठक असार १५ गतेका लागि सारिएको थियो । हामीले असार १५ गते नै बैठक बस्न खोजेका थियौ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा ठाउँ पुग्ने भएन । तत्काल प्रज्ञा भवन कमलादीमा स्पेस नभएकाले असार १९ गते बस्ने निर्णय भयो’ ढकालले भन्नुभयो, ‘अब असार १९ गते विहान ११ बजे बस्ने भयो । बैठक तीन दिनसम्म चल्नेछ ।’ केन्द्रीय समिति बैठकबाट अपूर्ण केन्द्रीय समितिले पूर्णता पाउने बताएको छ । अरु पार्टी पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी प्रदेश र संघको चुनावपछि गर्ने माओवादी तयारी छ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

हिलाम्मे सडकमा धान रोपाइँ !

म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…

thumbnail

कोरोना महामारीको भत्ता नपाएपछि भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…

thumbnail

रामचन्द्र पौडेलको प्रश्न : रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…