माओवादी जनयुद्धको उद्देश्यमाथि ओलीको आशंका !

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’प्रति लक्षित गर्दै त्यो कसका विरुद्ध र के उद्देश्यका लागि भएको थियो भन्ने अहिलेसम्म प्रस्ट हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले संविधानले कानुनी र शान्तिपूर्ण रुपमा अघि बढ्न ठाउँ दिएको अवस्थामा राजनीतिक अधिकारका नाममा हिंसात्मक गतिविधिको औचित्य नहुने बताउनुभयो । राणा शासनविरुद्धको संघर्षमा राज्यले नै राजनीतिक अधिकार निषेध गरेका कारण त्यतिबेला हिंसात्मक अभियानलाई जायज ठहर्याउन सकिने तर त्यसपछिका अवस्थामा भने राजनीतिक अधिकारका लागि हिंसा गरिरहन पर्ने अवस्था नरहेको उहाँको भनाइ थियो ।

माओवादी जनयुद्धको नाम नलिइकन उहाँले जनयुद्धतर्फ नै लक्षित गर्दै भन्नुभयो, ‘तर देश हिंसामा गयो, कसका विरुद्ध, के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो लागेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआइकन त्यो टुंगियो, गणतन्त्र दिन्छु भनेर कसैले प्रतिवद्धता जनाएको पनि थिएन ।’ उहाँले आन्तरिक राजनीतिमा प्रणालीगत मतभेद हुँदा बाह्य नीतिका सम्बन्धमा पनि मतभेद हुने बताउनुभयो । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

तमानखोला गाउँपालिकाद्धारा बालगृह सञ्चालन

म्याग्दी। बागलुङको तमानखोला गाउँपालिकाले पालिका भित्र रहेका अनाथ, असहाय, अपाङ्गता भएका, अति गरिब बिपन्न बालबालिकाहरुको संरक्षणको लागि बालगृह सञ्चालनमा ल्याएको छ।उनीहरुलाई पालिकाले निशुल्क शिक्षा, स्वास्थ्य, खान, बस्न लगायतको व्यवस्था गरेको छ ।…

thumbnail

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार दिने

जनकपुरधाम । मधेश प्रदेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सरकारले मधेशी शहीद प्रतिष्ठानमार्फत् मासिक आर्थिक सहयोगसँगै शहीदका सन्तानलाई अध्ययनका…

thumbnail

झम्सिखेलमा नयाँ जडान गरिएको ट्राफिक लाइट उद्‍घाटन

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा…