माछा मार्ने क्रममा दुई जनाको मृत्यु

तनहुँ । माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।

दुवैजना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए । उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बिर आँखा अगाडि झल्झली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ । भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

thumbnail

दोहोरी गायिका दिलमाया आफ्नै डेरामा मृत फेला, १ पक्राउ

काठमाडौँ । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिनुभएको छ । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उहाँ मृत्य अवस्थामा भेटिनुभएको हो । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार…

thumbnail

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग

एजेन्सी । अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिएका छन् । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्प पीडितहरुलाई…

thumbnail

पत्नीको घाँटी थिचेर हत्या, पति र ससुरा पक्राउ

धनुषा । पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ । धनुषाको शहिदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे…