माधवलाई योगेशले भने: परिस्थिति तपाईंको काबुबाहिर जाँदैछ, पश्चाताप कहिले ?

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीमा देखा परेको पछिल्लो परिस्थतिबारे टिप्पणी गर्नुभएको छ । एकीकृत समाजवादीमा मन्त्री परिवर्तनको निर्णयमा १० सांसदले असहमति राख्दै बिहीबार अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र दिएका थिए।

यस्तो अवस्था आउनुले अब पार्टीमा माधवकुमार नेपालको काबुबाहिरको परिस्थिति आउन सक्नेतर्फ भट्टराईले संकेत गर्नुभएको छ । आफूले एमाले विभाजन नगर्न पहिले माधव नेपाललाई भनेको पनि भट्टराई बताउँनुहुन्छ।

‘एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा उ बेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि उहाँले नमाने पछि कुनैदिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले भन्नुभयो।

एकीकृत समाजवादीले गत जेठ २२ मा मन्त्री फेर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। बिहीबार १० सांसदले मन्त्रिमन्डल पुनर्गठनबारे अहसमति राख्दै नेपाललाई पत्र नै दिएका छन् भने संसदीय दलको बैठक बोलाउन माग गरेका छन्।‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरू कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले विस्तारै चिन्दै जानुहुनेछ। आत्माबोध र पश्चाताप: सिर्फ कहिले ?,’ योगेशले भन्नुभएको छ । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी…

thumbnail

रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…

thumbnail

मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले…