मेयर अनुगमनमा आउँदा थाहै पाइन : वडाध्यक्ष महर्जन

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा बोल्दै उहाँले भन्नुभयो, ‘मेयर साब हिजो सुन्धारा पुग्नु भएको रहेछ धेरै साथीहरुले तिमी कहाँ थियौ भन्नु भयो मैलै जवाफ दिन सकिनँ मंगलबार र बिहीबार म स्थानीयसंगै थिएँ, धरहरा चाही बन्ने सुन्धारा डम्पिङ साइड जस्तै भइरहेको छ भनेर त्यहाँको मान्छेको कुराहरु बुझिरहेको थिएँ।

यदि मेयरसाब त्यहाँ आउने थाहा भएको भए फुलमालाले स्वागत गर्ने थिएँ, हाम्रो संकटा बजारमा थुप्रै फूलमाला अहिले पनि बेचिरहेको होला।’धरहरा बन्ने तर सुन्धारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआओस् भनेर आफू सक्रिय रहेको भन्दै उहाँले मेयर सोही क्षेत्रमा आउँदा आफूले थाहा नपाएको भन्दै गुनासो गर्नुभयो।

उहाँले भन्नुभयो, ‘पशुपति दर्शन गर्न जाँदा, संकटा दर्शन गर्न जाँदा सल्लाह गर्नुपर्छ भन्ने होइन तर महत्वपूर्ण विषयमा जाँदा समन्वय गर्नुपर्छ।’मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिनुभयो । उहाँले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाउनुभयो । nagariknews.nagariknetworkबाट

सम्बन्धित समाचार

thumbnail

म्याग्दीमा राष्ट्रिय धान दिवस तथा रोपाइँ मनाइयो (फोटो फिचर )

कृषि तथा खाद्यान्न उत्पादनलाई जोड दिनुपर्ने सरोकारवालाको भनाइ म्याग्दी । म्याग्दीमा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । बेनी नगरपालिका कृषि शाखाको आयोजनामा १९औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०७९ विविध कार्यक्रमको…

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…