
७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
बेनी । म्याग्दीका ६ वटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ। गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुको मतदानबाट बेनी नगरपालिकामा ८ जना र पाँच वटा गाउँपालिकामा छरछ जना सदस्य चुनिएका हुन्। बेनी, धवलागिरी र रघुगंगा गाउँपालिकामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा एमाले तथा मालिका गाउँपालिकामा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेद्वार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।
बेनी नगर कार्यपालिका सदस्यमा दलित वा अल्पसंख्यकतर्फ नेपाली कांग्रेसका मनकुमारी विश्वकर्मा, नेकपा माओवादी केन्द्रका किसान विश्वकर्मा, नेकपा एकीकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा, महिला सदस्यतर्फ कांग्रेसका निर्मला मल्ल, बबिता सापकोटा सृजना श्रेष्ठ, माओवादी केन्द्रका मिनाकुमारी कार्की र सुजाता किसान निर्वाचित हुनुभएको छ ।
बेनपा ७ बाट कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित सुजातालाई चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले उम्मेद्वार बनाएको थियो । मंगला गाउँपालिकाको दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा एमालेका शंकर शेरचन र टेकबहादुर किसानको एकल मनोनयन दर्ता भएपछि निर्विरोध हुनुभएको थियो । महिला सदस्यमा एमालेकी डिलकुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय निर्वाचित हुनुभएको छ ।
धवलागिरी गाउँपालिकाको अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा कांग्रेसका भविन्द्र छन्त्याल र एकीकृत समाजवादीका देउप्रसाद छन्त्याल पुन, महिलातर्फ कांग्रेसकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी बिक र सिता कुमारी छन्त्याल निर्वाचित हुनुभएको छ ।धवलागिरी ७ को वडा सदस्यमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित नरकुमारीलाई चुनावी तालमेलका क्रममा नेपाली कांग्रेसले उम्मेद्वार बनाएका थियो। एकिकृत समाजवादीका नेता देउप्रसाद स्वतन्त्रबाट उम्मेद्वार बनेका थिए।
रघुगंगाको गाउँपालिकाको दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा कांग्रेसकी सम्झना परियार र माओवादीका होमबहादुर दर्जी, महिला तर्फ कांग्रेसका कुमारी पुर्जा गर्बुजा, धनमाया गोतामे, प्रिति गर्बुजा र सोमिता पुन निर्वाचित हुनुभएको छ। अन्नपूर्ण गाउँपालिकाको दलित वा अल्पसंख्यकबाट कार्यपालिका सदस्यमा एमालेका बिरबहादुर पौडेल र मिठु विक, महिला सदस्यमा देवकुमारी पुन, गेममाया पुन, बिष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध हुनुभएको छ। एकल उम्मेद्वार परेकाले सबै निर्विरोध हुनुभएको हो ।
मालिका गाउँपालिकाको कार्यपालिका सदस्यमा महिलातर्फ एमालेका छरदेवी घर्ति, प्रतिक्षा वि.क., मनकुमारी पुन र माओवादी केन्द्रका देवी पटेल, दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यमा नेकपा माओवादी केन्द्रका दलबहादुर खड्काथोकी र नेकपा एकिकृत समाजवादीका अनुप गौचन निर्वाचित हुनुभएको छ ।कार्यपालिका सदस्य सहित म्याग्दीमा स्थानीय तह निर्वाचनबाट २५० जना जनप्रतिनिधी चुनिएका छन्।
अन्नपूर्ण र मंगलाको गाउँसभा तथा कार्यपालिकामा नेकपा एमालेको बहुमत छ। रघुगंगा गाउँपालिकाको गाउँसभा र कार्यपालिका दुवैमा कांग्रेसको बहुमत छ। धवलागिरी र बेनी नगरपालिकाको कार्यपालिका र सभामा गठबन्धनको बहुमत आएको छ। मालिकाको कार्यपालिकामा एमालेको र गाउँसभामा गठबन्धनको बहुमत छ। कार्यपालिकाले पूर्णता पाएसँगै जिल्ला समन्वय समिति गठनको तयारी भएको छ। जिसस गठनका लागि म्याग्दीका तीन वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा बेनी नगरपालिकाको मेयर जितेको नेकपा एमालेको एकल बहुमत छ।
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…
काठमाडौँ । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी…