यार्सा सिजन सुरू, मुगुका विद्यालय बन्द

मुगु । मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् ।

उनीहरू सातु, माल सामान, खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । विद्यार्थी यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको हो ।

केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताउनुभयो । भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताउनुभयो । १५ जेठदेखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि पढाइ पुनस् सुरु हुने अपेक्षा छ ।

शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न पाटन जाने गर्छन । यार्सा संकलन गरेरै उनीहरूले पढाइ खर्च पनि आफैं जुटाउने गरेको शिक्षकहरू बताउँछन् । यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइललगायत सामग्री किन्ने गर्छन् । जसकारण यस क्षेत्रका स्कुल यो सिजनमा एक महिनासम्म सुनसान हुने गरेको प्रधानाध्यापक उपाध्यायको भनाइ छ । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

म राजनीतिबाट बाहिरिएको छैन, मन्थनमै छु : मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिबाट बाहिर नरहेको बताउनुभएको छ । आफ्नो मौनताबाट कतिपय शुभेच्छुकहरूमा कतै राजनीतिबाटै बाहिरिन लागेको हो कि भन्ने शंका उब्जिएको आफूले पाएको उल्लेख गर्दै…

thumbnail

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुग्नुभएको छ । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला…

thumbnail

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

एजेन्सी । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी…