रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च एक रुपैयाँ कायम गर्न एमालेको प्रस्ताव

काठमाडौं । नेकपा एमालेले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौती गरेर एक रुपैयाँ कायम गर्न प्रस्ताव गर्ने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरुले रक्षा, अर्थ, शिक्षा र खानेपानी मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने भएका हुन् ।

संसद सचिवालयले सार्वजनिक गरेको आजको बैठकको कार्यसूचीमा यज्ञराज सुनुवारले शिक्षा मन्त्रालयको, सूर्यप्रसाद पाठकले खानेपानी मन्त्रालयको, भीम रावलले अर्थ मन्त्रालयको र नवराज सिलवालले रक्षा मन्त्रालयको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

आजको बैठकमा सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुगौ पौडेलले र नेमकिपाका प्रेम सुवालले पनि यी चार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव गर्ने उल्लेख छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

५७ अंकले बढ्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो…

thumbnail

प्रदेश १ को बजेट बहुमतले पारित

मोरङ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी…

thumbnail

सरकारले उठायो २ खर्ब ३१ अर्ब आन्तरिक ऋण

काठमाडौँ । चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सरकारले २ खर्ब ३१ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । आर्थिक वर्षको असार अन्तसम्ममा सरकारले केन्द्रीय बैंकमार्फत विभिन्न बिल–बिजक, ऋणपत्र तथा बचतपत्र गरी…