रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

काठमाडौं । पत्रकार रवि लामिछाने राजनीतिमा जाने हुनुभएको छ । ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सिधा कुरा’ कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाड्नुभएको हो ।

‘टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो’, लामिछानेले भन्नुभयो, ‘आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।’लामिछानेले आफूले राजनीतिमा लाग्ने निधो गरेको समेत बताउनुभयो  ।  उहाँले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको भन्ने खुलाएनन्। ‘म भोलिदेखि सरसल्लाह गर्नेछु।

आउँदो असार ७ गते राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेर कस्तो राजनीति र कुन क्षेत्रबाट लड्ने लगायतका विषयमा प्रष्ट पार्छुु, लामिछानेले भन्नुभयो, ‘मलाई धेरै राजनीतिक दलबाट प्रस्ताव आएको छ। तर मलाई अहिलेका राजनीतिक दलहरूमा त्यतिधेरै चासो छैन। तर म सल्लाहको चरणमा छु।’ उहाँले आफू स्वतन्त्र रूपमा राजनीतिमा लाग्ने सोचमा समेत नरहेको बताउनुभयो।

‘एक्लै स्वतन्त्र जाने सोच छैन’, लामिछानेले भन्नुभयो, ‘बरू भएका स्वतन्त्रहरूलाई जोड्ने योजना बनाउँदैछु।’लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्ने अड्कलबाजी समेत भइराखेको छ। लामिछानेका ससुरा उद्दव पौडेल केहीदिन अघि मात्र कमल थापाको पार्टीबाट राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा फर्किएका थिए। पारिवारिक सम्बन्धका कारण उनी राप्रपाबाट चुनाव लड्ने अड्कलबाजी चलिरहेको छ।

लामिछानेले भने पारिवारिक सम्बन्धको प्रश्नलाई खारेज गर्नुभयो।’त्यो उहाँको (ससुरा) निर्णय भयो’, लामिछानेले भन्नुभयो, ‘मेरो न कुनै दबाब हुन्छ। न प्रभाव हुन्छ।’ लामिछाने निकट एक पत्रकारले पनि उहाँ राप्रपाबाट चुनाव लड्ने विषय नकार्नुभयो। ‘उहाँले हामीसँग कुरा गर्दा ‘म राजावादी हुन सक्दिँन भन्नुभएको छ। यत्रो परिवर्तन नआएको भए म जन्मँदै जन्मिने थिइनँ’ भन्नुहुन्छ’, उनीनिकट ती पत्रकारले भन्नुभयो, ‘उहाँ काठमाडौंको क्षेत्र नं ३ बाट चुनाव लड्ने तयारीमा हुनुहुन्छ।’ती पत्रकारका अनुसार लामिछानेको मतदाता नामावली समेत काठमाडौंको क्षेत्र नं ३ मा रहेको छ।

त्यसो त उहाँले काठमाडौंको क्षेत्र नं २ बाट समेत निर्वाचन लड्ने विषयमा विचार गरिरहेको ती पत्रकारले बताउनुभयो । काठमाडौंको क्षेत्र नं ३ मा राष्ट्रियस्तरको नेता नभएका कारण आफ्ना लागि सहज हुने लामिछानेले आकलन गरेको ती पत्रकारले बताउनुभयो । काठमाडौं क्षेत्र नं ३ मा विगतमा नेपाली कांग्रेसका चक्र ठकुरीले निर्वाचन जित्ने गरेका थिए। तर पछिल्लोपटक नेकपा एमालेका रामेश्वर फुयाँलले २०७० र २०७४ मा नेकपा एमालकै कृष्ण राईले चुनाव जितेका थिए । लामिछानेले भने आफूले चुनाव लड्ने निर्वाचन क्षेत्रबारे केही बताउनुभएन । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

एजेन्सी । दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका…

thumbnail

नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन…

thumbnail

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही मन्त्रीहरुले आफूलाई राजीनामा पत्र बुझाइसकेको बताउनुभएको छ ।आईतबार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष…