राजनीति कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको बताउनुभएको छ ।

बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताउनुभयो । ‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं । देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो।

तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ प्रचण्डले भन्नुभयो,‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्।’ प्रचण्डले चुनावमा कुन दलले कति जित्यो भन्दा पनि चुनाव सम्पन्न हुनु नै आफ्ना लागि महत्वपूर्ण भएको बताउनुभयो ।

मलाई त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी जसले जिते पनि माओवादीले नै जितेजस्तो लागेको छ,’ प्रचण्डले भन्नुभयो,‘उनीहरू सबै अग्रगमनकारी हुन् प्रतिगमवादी होइनन् । संसद विघटनका पक्षधर होइनन्।’प्रचण्डले गोरखा रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम र कालिकोटमा माओवादी एक्लैले जितेको उल्लेख गर्नुभयो । आगामी संसदीय निर्वाचनमा पनि जित्ने गरी एक्लै चुनावी तयारी गर्नुपर्ने उहाँको भनाइ छ । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

सरकारी जागिर खान शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक पक्राउ

काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदको नियुक्तिको लागि नक्कली प्रमाणपत्र…

thumbnail

देश विदेशका खर्चबाट अभियन्ता भेटिन्छन् तर प्रतिफल बाहिर आएको छैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियन्ताहरु थुप्रै भए पनि प्रतिफल आउन नसकेको टिप्पणी गर्नुभएको छ । मदन भण्डारीको ७१ औं जन्मजयन्तीका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो धारणा…

thumbnail

काठमाडौंको फोहोर दुई दिन बञ्चरेडाँडामा नलैजाने

काठमाडौँ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहोरको कारण बञ्चरेडाँडासम्म गाडी आउनरजानका लागि…