
७५३ मध्ये हालसम्म २५३ स्थानीय तहको मात्रै आयो बजेट
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौँ । नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्नुभएको छ ।
सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव राखेको छु । लैंगिक हिंसा निवारण तथा मानवअधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको हुँदा यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्न चाहन्छु । बजेट सन्तुलित र न्यायोचित छैन ।’ उहाँले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको दावी समेत गर्नुभयो । रातोपाटीबाट
काठमाडौँ । झण्डै दुई तिहाई स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन सकेका छैनन् । असार १४ गतेसम्म जम्मा २५३ वटा स्थानीय तहहरुले मात्र बजेट ल्याउन सकेको संघीय मामिला तथा…
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ । आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ११.८२…
काठमाडौँ । दोस्रो दिन नेप्सेमा पुनः २३ अंक माथिको गिरावट आएको छ । अघिल्लो दिन ९४ अंक माथिले वृद्धि हुँदै १९५६ अंकमा उक्लिएको नेप्सेमा सोमबार पुनः २३ अंकको गिरावट आएको हो ।…