रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ : मन्त्री बडू

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारी दिनुभएको छ । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले पछिल्लो समय प्राप्त मूल्यसूची बढेर आइरहेको बताउनुभयो ।

तर, मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको छ । ‘मुलुकभरि सबैभन्दा बढी पेट्रोलको खपत बढी हुन्छ,’ मन्त्री बडूले भन्नुभयो, ‘पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ ।’

अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरिरहेको मन्त्री बडूले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको १० रुपैयाँ पूर्वाधार कर हटाइएको मन्त्री बडूको भनाइ छ ।

‘यस्तै, सरकारी निकायले कम्तीमा २० प्रतिशत पेट्रोलियम पदार्थको खपत घटाउने निर्णय अघि बढिसकेको छ,’ मन्त्री बडूले भन्नुभयो, ‘एलपी ग्यासको घरायसी र व्यावसायिक मूल्य अलग–अलग कायम राख्ने व्यवस्था छिट्टै व्यवहारमा ल्याइने छ ।’ रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…

thumbnail

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…

thumbnail

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…