रूपन्देहीको कपास उद्योगमा आगलागी

बुटवल । रूपन्देहीमा रहेको एक कपास उद्योगमा आगलागी भएको छ । रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ६ कलौनीमा रहेको लुम्बिनी कपास उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार विद्युत सर्ट भई बिहान ४ बजेतिर उद्योगमा आगलागी भएको हो। आगलागीपछि सैनामैना र बुटवलबाट गएका दमकलको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणमा आए पनि उद्योगमा कति क्षति भयो भन्ने यकिन तथ्यांक आइनपुगेको प्रहरीले जनाएको छ। आगलागीबाट उद्योगमा रहेको कपास, मेसिनरी उपकरणलगायत जलेर नष्ट भएका छन् । सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

च्याउ खाँदा बुटवलमा १९ जना बिरामी

बुटवल । जंगलबाट ल्याएको च्याउ खाँदा बुटवलमा १९ जना बिरामी भएका छन् । उनीहरू सबै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँ गाउँका हुन् । बिरामी हुनेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको…

thumbnail

इनार सफा गर्ने क्रममा डुबेर सुर्खेतमा एक जनाको मृत्यु

सुर्खेत । इनारमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। जिल्लाको भेरीगंगा नगरपालिका–१० तोलीखोलामा इनार सफा गर्न गएको एक जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार भेरीगंगा…

thumbnail

बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान…