ललितपुर महानगरले सञ्चालन गर्‍यो घाइते जनावर बोक्न एम्बुलेन्स

ललितपुर । ललितपुर महानगरपालिकाले सडकका घाइते जनावरलाई अस्पतालसम्म पुर्‍याउन बुधबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ। जनावर अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज् केयरसँगको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू गरेको हो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरमा आयोजित एक कार्यक्रमबीच एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । महानगर प्रमुख महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्‍याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरू गरेको जानकारी दिनुभयो ।

‘हामी जनावरको अधिकारप्रति संवेदनशील छौं, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न निकै गाह्रो हुँदोरहेछ, त्यसैले व्यवस्था गरेको हौं,’ उहाँले भन्नुभयो।स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठले बिरामी जनावर बोक्न अब सजिलो हुने बताउनुभयो।‘बिरामी गाईलाई बोक्न निकै अप्ठ्यारो भएको थियो, अब सजिलो हुन्छ’, उहाँले भन्नुभयो। जनावरको अधिकारप्रति संवेदनशील भएकोमा महानगरलाई धन्यवाद दिनुभयो।

ललितपुर महानगरपालिकाले कोरोनाका कारण लकडाउन भएका बेला सामुदायिक कुकुर, परेवा, वाँदरलगायतका जनावरलाई सडक, गल्ली चोकमा पुगेर खानेकुरा खुवाउने व्यवस्था गरेको थियो। महानगरका अनुसार उक्त एम्बुलेन्स ४० लाखमा खरिद गरिएको थियो । यसको सबै अपरेसन खर्च स्नेहाजले व्यहोर्नुपर्नेछ। वार्षिक कर र बिमा भने महानगरले व्यहोर्नेछ। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

एमालेका कैलाली जिल्ला अध्यक्ष थापाको जिम्मेवारीबाट हटाइए

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने…

thumbnail

काठमाडौंमा रोहिंग्यासहितका शरणार्थीको धर्ना

काठमाडौं । विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट…

thumbnail

वार्ताबाट युक्रेन युद्ध टुङ्ग्याउन प्रधानमन्त्री मोदीको सुझाव

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिनुभउको छ । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट…